काठमाडौँ । नेपाली कांग्रेसको बारा क्षेत्र ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ, समानुपातिकतर्फ र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
बारा ४ को क्षेत्रीय कार्यसमिति तथा नेता कार्यकर्ताहरुको बृहत भेलाले विभिन्न नेताहरुको नाम पूर्ण समर्थनको प्रतिबद्धतासहित सर्वसम्मत गरेको हो ।
भेलाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ श्यामबाबु गुप्ता, बृजलाल यादव, कृष्णब्रत सिंह, नवराज त्रिपाठी, दिपेन्द्र पटेल, कपिलदेवप्रसाद यादव, हरिशंकर साह, शोभाकर पराजुली र राजकिशोर गुप्ताको नाम सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिकमा हरिप्रसाद थपलिया, नारायणी रायमाझी, विनोदकुमार मण्डल, माधवपसाद उपाध्याय कुइँकेल, शोभा लामा र फैतु अन्सारी रहेका छन् ।
राष्ट्रिय सभाका लागि अब्दुल अन्सारी र प्रेम साह कानूको नाम सफारिस भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयले बिहीबार २५ गतेसम्म नाम सर्वसम्मत गरेर पठाउन निर्देशन दिएको छ ।