arrow

राप्रपा केन्द्रीय कार्य समिति बैठक

यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्छ- अध्यक्ष लिङ्देन [भिडियो]

मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
lingden-rajendras.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन्।

बुधवारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उनले संविधान असफल भइसकेको र यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे। उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए।

अध्यक्ष लिङ्देनले फागुन २१ गते हुने मध्यावधि निर्वाचनको सन्दर्भमा भने, "असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ। त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन। त्यसले थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ।" उनले जनताले अहिले आशाको नजरले हेरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै भएको समेत दाबी गरे।

उनले नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै जनताको बीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे। अध्यक्ष लिङ्देनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी (युवा) पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान समेत दोहोऱ्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ