arrow

सिराहा १ बाट सामानुपातिकतर्फ कांग्रेसबाट प्रमेश्वर साहसहित पाँच जना सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
prameshwor-sah-siraha-congress.jpg

लहान । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस सिराहा क्षेत्र नम्बर १ ले समानुपातिकतर्फ युवा नेता प्रमेश्वर साहको नाम सिफारिस गरेको छ । 

उनीसहित पाँच जनाको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ । उनीसँगै पार्टीले श्रीचन पासवान, उषा राउत, शर्मिला पोखेल र सूर्यनारायण यादवको नाम सिफारिस गरिएको हो । 

्नेपाल विद्यार्थी संघबाट राजनीति थालेका साह पार्टीको परिपत्रअनुसार समानुपातिकमा सिफारिस भएका हुन् । करिब तीन दशकदेखि राजनीतिमा सक्रिय साह नेविसंघको  सिराहा अध्यक्ष हुँदै केन्द्रीय सहमहामन्त्रीमा निर्विरोध निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ