काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख वालेन्द्र साह (बालेन)लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण साहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो । रासस