देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ [भिडियो]
सही र युवा नेतृत्व चुन्नुहोस्
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
704
Shares
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अहिले देश निर्वाचनमय बनेको बताए।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने विश्वास व्यक्त गरे र तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए।
उनले निर्वाचनमा बुद्धि-विवेक पुर्याएर नेतृत्व छान्ने आग्रह गर्दै निर्वाचनको समयमा बुद्धि-विवेक नपुर्याउने र पछि 'केही भएन' भन्ने प्रवृत्ति त्याग्नुपर्ने आफ्नो भनाइ राखे। घिसिङले देशलाई परिवर्तन गर्नसक्ने र नयाँ दिशा दिनसक्ने सही व्यक्तित्व, नयाँ लिडरसिप र युवा लिडरसिपहरू चयन गर्न आग्रह गरे।
उनले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भए पनि विकासको नेतृत्व गर्न भने असफल भएको भन्दै अब देश विकास गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे।