arrow

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जलेर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
fire-final.jpeg

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घरहरू जलेका हुन्। 

चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सम्पूर्ण सामग्री जलेका छन्। पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएको उनले बताए। 

जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ