arrow

हस्ताक्षर विधानसम्मत भएकाले मान्दैनौँ भन्न पाइँदैन

logo
उमेशजंग रायमाझी,
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
umeshjung-rayamajhi-nc-meeting.jpg

आज बाहिर हाम्रा धेरै साथीहरू कांग्रेस सच्चिनुपर्छ भनिरहनु भाछ, आवाज उठाइरहनुभएको छ । उहाँहरूलाई नजरअन्दाज गर्न मिल्छ ? यसको मतलव आज हामी जुन राजनीतिक ठाउँमा पुगेका छौँ, त्यो उहाँहरूले चाहेको ठाउँमा हामी पुग्न सक्छौँ ? विगतको अनुभवले हामीलाई के भनिरहेको छ ? तर सत्य हो कि ५४ प्रतिशत साथीहरू पार्टी बनोस्, यो मुलुकको नेतृत्व गर्न सक्ने ताकत राख्ने पार्टीको निर्माण होस् भन्ने चाहना व्यक्त गर्दै हुनुहुन्छ । त्यसैले उहाँहरूको भनाइलाई, क्रियाशीलतालाई पार्टीले कसरी आफ्नो सम्पत्ति बनाउने हो, आफैसँग जोड्ने हो र निर्वाचनलाई परिणाममुखी बनाउन यो ताकतलाई प्रयोग गर्ने हो भन्ने कुरा नेताहरूले सोच्न पर्दैन ? तपाईं आफूलाई राजनीतिज्ञ भन्नुहुन्छ, आर्किटेक भन्नुहुन्छ तर तपाईंहरूको आज यत्रो ठूलो लगानी, यत्रो ठूलो अनुभाव कहाँ गयो ? किन प्रयोग गरिरहनु भएको छैन ? महाधिवेशन आम निर्वाचन पहिला कि पछि गर्ने भन्ने बिषयमा बहस गरिरहँदा सभापतिज्यूको निर्देशन विधानसम्मत अधिवेशन सम्पन्न गर्नू भन्ने छ ।

के हामीले चाहनेबित्तिकै महाधिवेशनमा जान सक्छौँ ?, के आजको भोलि नै हाम्रो महाधिवेशन गर्ने तयारी छ ? के महामन्त्रीले चाहँदैमा आजको भोलि महाधिवेशन गर्न सक्छौँ ? सक्दैनौँ । अहिले पहिलेको जस्तो अवस्था छैन । हामी धेरै कुरालाई थाती राखेर, केही कुरालाई संशोधन गरेर महाधिवेशनमा जानैपर्छ । होइन भने पूरानो स्वरुपले आगामी निर्वाचन र परिस्थितिलाई सामना गर्न सक्दैनौँ । यसका लागि हामीले तयारी गर्ने कुरा केके होलान् त्यसतर्फ ध्यान दिनुपर्छ । क्रियाशील सदस्यका कुरा टुंग्याउनु पर्ला । विधान संशोधनका कुरा र त्यसका लागि समिति बनाउन पर्ला । बाहिर रहेका साथीलाई ढाडस् दिनका लागि उनीहरूले गरेका हस्ताक्षरलाई पनि स्वीकार गरेर अघि बढ्नुपर्छ । होइन भने उनीहरूले गरेका हस्ताक्षर गलत हो भने किन रोकिएन ? तर हामीले त्यसलाई रोकेनौँ, हस्ताक्षर विधानसम्मत भएकाले मान्दैनौँ भन्न पाइँदैन । अहिलेको विषम् परिस्थितिमा हामीले बाहिर रहेका साथीलाई साथमा लिएर अघि बढौँ । अहिले नै अधिवेशनको सबै प्रक्रिया पूरा नहोला तर प्रारम्भ नै भए पनि गरौँ । यत्ति गर्न सक्यौँ भने बारिहका साथीलाई नेताहरूले हाम्रो कुरा सुने है भन्ने अनुभूति दिलाउँ । 
(केन्द्रीय सदस्य रायमाझीले कांग्रेस केन्द्रीय समिति बैठमा राखेको धारणा)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ