कांग्रेसभित्र ठूलो सुधार र शुद्धीकरणको आवश्यकता छ: गगन थापा
बोलेर मात्र हुँदैन, पार्टीभित्र ठूलो शुद्धीकरण चाहिन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
3.3k
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि समाज रूपान्तरणका लागि गरेको सङ्घर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेकोमा जोड दिए।
महामन्त्री थापाले भने, “अब हामी बोलेर मात्र हुँदैन, ठूलो सुधार चाहिएको छ। त्यो सुधार पार्टी भित्र हुन्छ। पार्टी भित्र के गर्छौ, के गर्दैनौ, शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ? र शुद्ध भएको, जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउँछ?”
उनले 'जेनजी आन्दोलन' मार्फत युवाहरूले नेपाली कांग्रेसको मूल्य–मान्यताअनुरूप पार्टीको व्यवहार र कार्यशैली नभएको भनी प्रश्न उठाएको पनि बताए।