arrow

कृषि विकास निर्देशकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

सर्लाही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सप्तरीको महादेवा गाउँपालिका वडा न २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा-२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समिति अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंहसमेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि छ लाख ९० हजार छ सय ५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ