arrow

एससँग एकता समझदारी अनुमोदन गर्न माओवादीको विघटित केन्द्रीय कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
prachandapath.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को विघटित केन्द्रीय कमिटीको बैठक आज दिउँसो १ बजेबाट काठमाडौंमा बस्दैछ।

आजको बैठकले मुख्यतया नेकपा (एकीकृत समाजवादी) सहित सात वटा राजनीतिक दलहरूसँग पार्टी एकता गर्ने विषयमा भएको समझदारीलाई अनुमोदन गर्ने तयारी गरेको छ। यसका साथै, पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा पनि छलफल हुनेछ।

पार्टीभित्र एकताको विषयमा फरक मत राख्ने नेताहरूको धारणाबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ। विशेषगरी पार्टीका प्रभावशाली नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्न नहुने धारणा राख्दै आएका छन्। बैठकमा उनको उक्त धारणाबारे पनि छलफल गरी उचित निर्णय लिइनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ