arrow

गोपाल किराँतीको मोर्चा आठ वर्षपछि माओवादी केन्द्रमै समाहित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
gopal-kirati-prachanda.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झन्डै आठ वर्षपछि पुनः माओवादी केन्द्रमै समाहित भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज (सोमबार) पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे। सहमतिपत्रमा मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिनका लागि क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य रहेको उल्लेख गरिएको छ।

दुई पार्टीबीच भएको सहमति अनुसार, विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरिनेछ। साथै, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र बारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिइनेछ।

स्मरण रहोस्, तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ