बेलायतमा पाइने दुर्लभ कालो टाउके दंगा चिल थापाथलीमा देखियो [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1.1k
Shares
काठमाडौँ । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो ।
बेलायत र स्कटल्याण्डमा पाइने यी कालो टाउके दंगा चिल काठमाडौँ उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लगाउन सकिन्छ ।
नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चार ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाइँ सरेको उनले जानकारी दिए ।
हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।