गृहमन्त्री अर्यालद्वारा क्षतिग्रस्त शीतल निवास र बालाजु प्रहरी चौकीको निरीक्षण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
786
Shares
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भई क्षतिग्रस्त भएका दुई महत्त्वपूर्ण संरचनाहरूको निरीक्षण गरेका छन्।
गृहमन्त्री अर्याल सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर आन्दोलनका क्रममा भएको क्षतिको निरीक्षण गरेका हुन्। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा शीतल निवासको अगाडिको भवनमा आगजनी भएको थियो।
यसैगरी, गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन्। जेन–जी आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेपछि उक्त प्रहरी चौकी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले सुरक्षा अवस्था र पुनर्संरचनाको आवश्यकता बारे जानकारी लिएको बुझिएको छ।