arrow

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
manaslu-tourist.jpg
तस्बिर फाइल

गोरखा। मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिका–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् र उनी पछिल्लो दुई दिनदेखि उद्धारको पर्खाइमा छन्।

घाइते हुनेमा काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल रहेका छन्। उनी बिहीबार सामागाउँबाट फर्कने क्रममा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि लम्सालको उद्धारमा कठिनाइ भएको छ। टाउकोमा गम्भीर चोट भएकाले जोखिम हुने भन्दै बोकेर ल्याउन नसकिएको उनले बताए। स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले लम्साललाई प्राथमिक उपचार गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ