arrow

आफ्नै मौलिकता गुमाएको बारपाक [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
barpak-renobation-modernizatiojn.jpg
तस्बिरः विजेन अमात्य, नेपाल फोटो लाइब्रेरी  ।

बारपाक । २०७० सालतिर पहिलो पटक बारपाक पुग्दा एकनासको ढुङ्गाले छाएका मौलिक घरहरू देख्न पाउँदा सारै रमाइलो लागेको थियो । गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले भने आफ्नो मौलिकता गुमाएको महसुस भएको छ ।

सडक सञ्जालको सहज पहुँच, दैनिक रुपमा आउने आन्तरिक र बाह्य पर्यटकहरूको लागि सुविधा सम्पन्न होटल, खानामा स्थानीय उत्पादन भन्दा पनि बाहिरबाट भित्रिए खानेकुराले प्राथमिकता पाएको देखिन्छ ।

गाउँभित्र जबरजस्ती लागिएको जस्तो साँगुरो सडक, सिमेन्ट, बालुवाका ट्याक्टर, कोही स्थानीय सडकमा रड सोझ्याउँदै, कहीँ घरका जग खाँदै गरेका त कोही घर निर्माणको अन्तिम चरणका काम गर्दै गरेका दृश्यहरू अहिले बारपाकका हरेक टोलमा देख्न पाइन्छ ।

२०७२ सालको गोरखा भूकम्पको केन्द्रित बारपाकमा अहिले मौलिक घरले भन्दा पनि बढी प्राथमिकता कंक्रिटको घरहरुले पाई रहेको छ । मौलिक र परम्परागत घरहरू केही मात्र बाँकी रहेतापनि अहिले बालुवा, सिमेन्ट, इट्टा र रडको प्रयोग गरी बनाइएको कङ्क्रिट घरहरूको सङ्ख्या बढेको छ ।

घर बनाउँदै गरेका स्थानीय मोहनभगी गुरुङका अनुसार २०७२ सालको भूकम्प पछि यस्तो सिमेन्टको घरहरू धेरै बनेका छन् । पुरानो घरभन्दा यो घर भूकम्पका अलि सुरक्षित हुने एउटा कारण र अर्को कारण गाउँको प्रायः जस्तो मानिसहरू विदेशमा छन्, केहीमा केही रुपमा आर्थिक रूपले सक्षम पनि भएका छन् त्यसैले पनि गाउँमा यस्तो घर (कङ्क्रिट) बनेको उनले बताए । अहिले गाउँ आर्थिक रुपमा हुनेखाने वर्गले यस्तो पक्की घर बनाएका छन् भने अरु चाहिँ पुरानो घरलाई मर्मत गरी बस्दै छन्, उनले भने ।

काठमाडौंबाट घुम्न आएका दिपेश दर्शनधारीले भने, काठमाडौं भन्दा धेरै शान्त बारपाकले आफ्नो मौलिकता भने गुमाएछ । लाहुरेहरुको वीरगाथा र पछिल्लो समय भूकम्पको केन्द्रबिन्दु भएर विश्वले चिनेको बारपाक बासीले मौलिकता र स्थानीय उत्पादनमा जोड दिनु पर्ने दर्शनधारीले बताए ।

मकै, जौ, गहुँ, कोदो, सिलाम लगायत विभिन्न तरकारी स्थानीय स्तरमै उत्पादन हुने भएपनि, यातायातको सहज पहुँचले सदरमुकाम गोरखा बजार, चितवनसम्म बाट तरकारी र अन्य खाद्य वस्तु बारपाक भित्रने गरेको छ ।

बारपाकबासीले  ऐतिहासिक पक्ष, मौलिकता र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी पर्यटन प्रवद्र्धनमा जोड आवश्यक देखिन्छ ।
 

barpak-lost-its-one-beauty (2).jpg
barpak-lost-its-one-beauty (3).jpg
barpak-lost-its-one-beauty (4).jpg
barpak-lost-its-one-beauty (5).jpg
barpak-lost-its-one-beauty (6).jpg
barpak-lost-its-one-beauty (7).jpg
barpak-lost-its-one-beauty (8).jpg
barpak-lost-its-one-beauty (9).jpg
barpak-lost-its-one-beauty (10).jpg
barpak-lost-its-one-beauty (11).jpg
barpak-lost-its-one-beauty (12).jpg
barpak-lost-its-one-beauty (13).jpg
barpak-lost-its-one-beauty (14).jpg
barpak-lost-its-one-beauty (15).jpg
barpak-lost-its-one-beauty (16).jpg
barpak-lost-its-one-beauty (17).jpg
barpak-lost-its-one-beauty (18).jpg
barpak-lost-its-one-beauty (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ