arrow

टौवामा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
chyau-masroom.jpg

गोरखा। गोरखामा परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।

मकवानपुर जिल्ला बागमती नगरपालिका-१३ घर भई हाल गोरखा नगरपालिका-१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा) मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।

च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए ।

बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ