arrow

नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील : सुदन किराँती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
sudan-kirati-11-02.jpg

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनै पनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पारेका छन्।

आइतबार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले गोरखामा कसैलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

पार्टीले गोरखा क्षेत्र नं २ मा पार्टीका संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नं १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो ।

उनीहरूले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा पार्टीले कसैलाई सर्मथन गर्ने निर्णय नगरेको उनले जानकारी दिए।

उनले पार्टीका उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिएको भन्ने बारेमा जानकारी नभएको पनि उनले बताए ।

उनले पार्टीका संरक्षक भट्टराईसँग उम्मेद्वारी फिर्ता लिएको विषयमा सोधखोज पनि नगरेको जानकारी दिए। 

उनका अनुसार भट्टराई हाल व्यक्तिगत शोकमा रहेकाले गोरखासम्बन्धी विषयमा विस्तृत छलफल हुन सकेको छैन ।

उनले डा. भट्टराईलाई आफूहरूले अभिभावकका रूपमा लिएको र अहिले अन्य राजनीतिक वृत्तमा पनि उनीप्रति सकारात्मक दृष्टिकोण विकसित भइरहेको उल्लेख गरे ।

नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सोही सन्दर्भमा दीर्घकालीन सोचका साथ डा. भट्टराईले निर्णय गरेको हुनसक्ने बताए । चुनावपछि यसबारेमा समीक्षा हुने उनले जानकारी दिए।

उनले प्रलोपाले ८७ सिटमा उम्मेद्वारी दिएको र सबै स्थानमा जित हासिल गर्नेगरी अघि बढेको बताए। 

उनले भने, ‘हाम्रो अभिभावक डा बाबुराम भट्टराई हाम्रो संरक्षक हुनुहुन्छ, यतिवेला उहाँ शोकमा हुनुहुन्छ, हामीले यो प्रश्न गर्न भ्याएका पनि छैनौँ । तर हामीले जसरी हाम्रो संरक्षक र अभिभावक मानेको छौँ, उहाँलाई सबैले अभिभावक मान्न पनि थालेको छ । त्यो सकरात्मक कुरा हो । नेपालको भुराजनिति निकै डरलाग्दो स्थितिमा छ, यो सबै आकलन गरेर, त्यो स्तरबाट उहाँले निर्णय गरेको हुनुपर्छ । भावी दिनमा अभिभावककै भूमिका निर्वाह गर्नको लागी उहाँले त्यो निर्णय गरेको हुनुपर्छ, हामी यो चुनावपछि मात्रै सबै यो कुरा गर्छौ । गोरखामा हामीले कसैलाई सहयोग गरेका छैनौँ । हामी ८७  सिटमा नै जित्नेगरि लागेका छौँ ।’ 

उनले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलहरुसँग पनि चुनावी तालमेल गरिएको जानकारी दिए ।

स्थानीय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागी कतिपय ठाउँमा गठबन्धन गरिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ