arrow

स्वास्थ्यमन्त्री गौतमद्वारा पदभार ग्रहण, 'जेन–जी आन्दोलन' का प्रभावितलाई निःशुल्क परामर्श दिने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
dr-sudha-gautam.jpg

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी छन्। उनले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेकी हुन्।

पदभार ग्रहण गर्ने क्रममा मन्त्री गौतमले 'जेन–जी आन्दोलन' बाट घाइते तथा प्रभावित सबै व्यक्तिहरूका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय गरेकी छन्।

उनले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी प्रदान गर्ने भन्नेबारे विस्तृत छलफल गरेर कार्य अगाडि बढाउने बताइन्।

मन्त्री गौतमले भनिन्, "जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ। यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ, त्यसपछि फेरि तपाईँहरूलाई बताउँछु।"

पूर्व स्वास्थ्य सचिवसमेत रहिसकेकी डा. गौतमले यसअघिका स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल र गगन थापाको सल्लाहकारका रूपमा पनि काम गरिसकेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ