arrow

मनसुनी वर्षाले देश छोडेसँगै भित्रिए बसाइँसराइ गरी चराहरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
birds-migration-82-7-8 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो शुरू भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू । बसाइँसराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन् । 

त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन् । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन् ।
 
हालसम्म ९०० भन्दा बढी प्रजातीका चराहरू नेपालमा अभिलेख भएका छन । कयौं प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जाने गर्छन् भने कर्याङकुरुङ जस्ता अन्य कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन् ।

जाडोयाममा नेपाल आउने चराहरूले कोशी, कर्णाली, नारायणी, राप्ती, फेवाताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला नदी र पोखरीहरूमा बस्न रुचाउने गर्छन् । 

हरेक वर्ष जनावरी महिनामा देश वरिपरीका प्रमुख बासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ ।
  
चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे, आदि चराहरू ठूलो सङ्ख्यामा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

birds-migration-82-7-8 (2).jpg
birds-migration-82-7-8 (3).jpg
birds-migration-82-7-8 (4).jpg
birds-migration-82-7-8 (5).jpg
birds-migration-82-7-8 (6).jpg
birds-migration-82-7-8 (7).jpg
birds-migration-82-7-8 (8).jpg
birds-migration-82-7-8 (9).jpg
birds-migration-82-7-8 (10).jpg
birds-migration-82-7-8 (11).jpg
birds-migration-82-7-8 (12).jpg
birds-migration-82-7-8 (13).jpg
birds-migration-82-7-8 (14).jpg
birds-migration-82-7-8 (15).jpg
birds-migration-82-7-8 (16).jpg
birds-migration-82-7-8 (17).jpg
birds-migration-82-7-8 (18).jpg
birds-migration-82-7-8 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ