मतदाता नामावली दर्ता गराउन कांग्रेसको विशेष परिपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
3.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले कार्तिक ३० गतेभित्र मतदाता नामावली दर्ता गर्न विशेष परिपत्र जारी गरेको छ ।
सातै प्रदेशका सभापतिलाई पत्र लेख्दै केन्द्रीय महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचनालाई दृष्टिगत गर्दै विशेष ध्यानाकर्षण गर्दै विशेष परिपत्र पठाएका हुन् ।
चार ओटा बुँदामा विशेष परिपत्र जारी गर्दै महामन्त्रीद्धयले विशेष परिस्थितिमा विशेष जिम्मेवारी विशेष ढङ्गले सम्पन्न गराउनसमेत आग्रह गरेका छन् ।
अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ ।
कांग्रेसले सरकारले चुनावको वातावरण बनाए चुनावमा होमिने जनाइसकेको छ ।