arrow

स्कुटर आफैँ अनियन्त्रित हुँदा दुई युवाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
accident-final.jpg

चितवन । चितवनमा मंगलबार बिहान स्कुटर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ ।

विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं २१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउने बित्तिकै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ