arrow

७०औँ प्रहरी दिवसमा

जेन-जी आन्दोलनपछिका चुनौती सामना गर्न प्रहरीलाई महानिरीक्षक खापुङ्गको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
chandra-kuber-khapung-igp.jpg

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आज (शुक्रबार) परेको ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै महानिरीक्षक खापुङ्गले जेन-जी आन्दोलनपछिको सुरक्षा चुनौतीको डटेर सामना गर्न तथा देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प नरहेको बताए। उनले भने, "भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरू पश्चातको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन। यसर्थ, कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दछु।"

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत् स्थापना भएको अवसरमा मनाइने ७०औँ प्रहरी दिवस मनाइरहँदा उनले नेपाल प्रहरीका वीर सहिदहरूप्रति श्रद्धान्जली अर्पण गरे।

महानिरीक्षक खापुङ्गले जेन-जी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त सहयोग र सहृदयताका लागि समस्त नागरिकहरूमा हार्दिक आभार व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ