arrow

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सय मोटरसाइकल नियन्त्रणमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
bike-police.jpg

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा आत‌ङ्क फैलाएको भन्दै सय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

यस प्रकारकाे अभियान कास्कीमा पनि शुरू भएकाे छ । कास्की प्रहरीले गत सोमबारदेखि ‘अप्रेशन ३६५’ शुरू गरेकामा हालसम्म यस्ता १०४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । 

 

तस्बिर/भिडियाे : नेपाल फोटो लाइब्रेरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ