-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चितवन । मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् ।
राप्ती नगरपालिका-६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् ।
उनको खोजी भइरहेको उनले जानकारी दिए ।