arrow

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
accident-final.jpg

चितवन । पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-००१ प १६८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा स्कुटर चाकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ