arrow

किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
Chitwan_District.png

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो ।
 
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो ।
 
यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ