arrow

अलपत्र राष्ट्रिय सभा बैठक हल निर्माण लगत्तै खुल्ने विश्वास [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
narayan-dhahal-26-06.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरूको अवधि सकिएको र ३५ दिन अघि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरूको अवधि सकिँदैछ । फागुनको २० गते सकिँदै छ । हामीले ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्छ । निर्वाचनको बारेमा हामीले रिपोर्टिङ गरी सल्लाह गर्यौं ।’

उनले राष्ट्रिय सभालाई गतिशील बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकको विषयमा पनि छलफल गरिएको जानकारी दिए । 

अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ