arrow

माटो खन्ने क्रममा च्यापिएर एक जनाको मृत्यु, घाइते १० मध्ये दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
Simraungadh_Gaunpalika.png

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी हुुन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । 

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । 

घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ