arrow

कोल्हबीमा बन्दै व्यवस्थित हाटबजार

logo
दिपु मिश्र
प्रकाशित २०८२ भदौ ४ बुधबार
hatbazar-kolhabi-bara.jpg

चन्द्रपुर । बाराको कोल्हबीमा व्यवस्थित हाटबजार बन्ने भएको छ । कोल्हबी नगरपालिकाका वडा नं १ स्थित मुख्यचोकमा हाटबजारका लागि भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको छ ।

तीन विघा १३ कट्ठा क्षेत्रफलमा सञ्चालन हाटबजारमा सात वटा ब्लक छ । प्रत्येक ब्लकमा फरक-फरक प्रकारका सामानको विक्री कक्ष बनाइएको छ ।

मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले उक्त हाट बजार निर्माण गरेको हो । हाटबजारमा ७२ वटा सपिङ कम्प्लेक्स, २६ वटा सटर भएका २ वटा ब्लग छ ।

बाँकी अन्य ब्लकमा मार्केट स्टल रहनेछ भने मार्केट स्टलकै बीचमा रहने दुई वटा खुला ठाउँमा बजार रहने छ । त्यसमा पनि खुला रुपमा सामान विक्री गर्न सकिने छ । 

कोल्हबीमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले हाटबजार संचालनमा ल्याउने तयारी गरिएको मिसन कन्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक देवराज अधिकारीले जानकारी दिए । उनले हाटबजार जिल्लाकै नमुना बन्ने दावी गरे । 

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नतिदेखि शौचालयसमेत निर्माण भइसकेको छ । निर्माण कार्य चार प्रतिशतमात्र बाँकी रहेको अधिकारीले जानकारी दिए । 

नगर विकास कोष र कोल्हबी नगरपालिकाबाट विनियोजित १८ करोडको बजेटबाट हाटबजार निर्माण कार्य शुरूआत गरिएको हो । हाटबजार आगामी असोजबाट संचालनमा ल्याउने गरी तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ