arrow

घाँटी रेटेर सिंहको हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
hatya-murder.jpg

रौतहट । बारामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

सर्लाहीको धनकौल गाउँपालिका वडा नं २ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको शुक्रबार प्रसौनी गाउँपालिका वडा नं ६ भलुही चोक नजिकमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ । तालिम प्राप्त कुकुर परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

मृतक सिंह प्रसौनीस्थित किरण बिग्रेज नेपाल प्रालिका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । 

नेपाल-भारत सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको र छिट्टै दोषीहरू पक्राउ पर्ने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । 

घटनास्थल वीरगञ्जबाट करिब १० किलोमिटर पूर्व कलैया-वीरगञ्ज सडकखण्डमा पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ