काठमाडौँ। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूको धारणा राख्ने क्रम नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको हो।
बैठकमा सहभागी नेताहरूले मुख्यगरी 'जेन-जी' युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र मुलुकमा देखिएका पछिल्ला घटनाक्रम मा केन्द्रित भएर आफ्नो धारणा राख्दै आएका छन्। पार्टीले जेन-जी आन्दोलनबाट उत्पन्न अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
यसैगरी, बैठकले आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठक का लागि आवश्यक एजेन्डाहरूमाथि पनि छलफल गर्नेछ।