arrow

काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था मजबुत

जेन-जीका माग पूरा नभएको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन, अभियन्ता पक्राउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
maitighar-police.jpg

काठमाडौँ, असोज २३। अन्तरिम सरकारले 'जेन-जी' पुस्ताले राखेका मागहरू पूरा गर्न ढिलाइ गरेको भन्दै बिहीबार बिहान माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जसमध्ये डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन्।

प्रदर्शनकारी अभियन्ताहरूले अन्तरिम सरकारसँग मुख्यतः तीन विषयमा असन्तुष्टि जनाएका थिए । भ्रष्टाचार र बेथिति विरुद्ध कुनै ठोस कदम नचालिएको, राखिएका मागहरू पूरा गर्न ढिलाइ गरिएको र गत भदौ २३ गते भएको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको। पक्राउ परेका अभियन्ताहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।

'जेन-जी' का नाममा माइतीघरसहित काठमाडौँका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सम्भावित थप प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ