arrow

चितवनबाट भागेका एक सय ५६ कैदीबन्दी अझै फर्किएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
chitwan-karagar.jpg

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै एक सय ५६ जना फर्किएका छैनन् ।

कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र पाँच सय ७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये पाँच सय ३९ जना पुरुष र ३७ जना महिला छन्। उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन्।

भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरुको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट सात सय ४२ जना कैदीबन्दी भागेका थिए।

उनीहरूलाई पटक-पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ् र नुवाकोट कारागारमा एक/एक जना पुगेका छन्।

यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताए।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानूनअनुसार कारबाही गरिने उनले बताए ।

यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसूरदार ठानी कारबाही गरिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ