arrow

नागढुङ्गाबाट काठमाडौँ फर्काइए सवारी साधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rain-van-82-6-18qq.jpg
तस्बिर – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलाको पहिरो पार गरी बेनीघाट बजारमा आइपुगेको सवारीसाधन, रासस ।

काठमाडौँ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौँतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिए । 

आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ