arrow

काठमाडौँमा निरन्तर वर्षा, मध्यान्हदेखि खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rain-ktm-82-6-18qq.jpg
तस्बिर – काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजु लोकतान्त्रिक चोकमा शनिबार बिहान पानी परेपछि छाता ओढेर आफ्नो गन्तव्य तिर जाँदै गरेका सर्वसाधारण, रासस ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । शुक्रबारदेखि लागेको झरी शनिबार बिहान एकैछिन रोकिएको भए पनि त्यसपछि फेरि निरन्तर परिहेको छ । 

अहिलेसम्म कुनै अप्रिय घटना नभएको सशस्त्र प्रहरी बल नेपाल नं २० (विपद् उद्धार) गण सिनामंगलले जनाएको छ । 

सशस्त्रका अनुसार शुक्रबारदेखि अहिलेसम्म निरन्तर माइकिङ गरी सचेतना अपनाउन आग्रह गरिरहेको छ । 

मध्यान्हदेखि अझ ठूलो वर्षा हुने भएकाले सचेतना अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सो अनुसार विभिन्न सम्बन्धित निकायले तयारी गरेका छन् । 

अहिले खोलानाला वृद्धि हुने क्रममा रहे पनि अप्रिय घटना भने भइनसकेको जनाइएको छ । 

वर्षाको खतरा मध्यान्हदेखि हुने भएकाले तयारी अवस्थामा भएको सुरक्षा निकायहरूले जनाएका छन् । 

वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । बडादशैँको आज तेस्रो दिन टीका लगाउने क्रम चलिरहे पनि सतर्कता अपनाएर बाहिर निस्कन अनुरोध गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ