arrow

जीवित देवीबाट लगाइयो टीका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
taleju-mandir-2081.jpg
फाइल तस्बिर

भक्तपुर । भक्तपुरको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट स्थानीयले टीका लगाएका छन् । 

साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका छन् ।

तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको छ । अहिले स्थानीय बालकदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।  

यता, फूलपातीका दिन दशैंँघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ