विजयादशमीको तेस्रो दिनः टीका र जमरा लगाउने क्रम जारी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
1k
Shares
काठमाडौँ । विजयादशमीअन्तर्गत टीकाको तेस्रो दिन शनिबार टीका र जमरा लगाउनेक्रम जारी छ ।
मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ ।
देशभर बर्षा भइरहे पनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ ।
आश्विनशुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ ।