काठमाडौँ । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइएको छ । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा बुधबार मनाइएको छखःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई यो जात्रा मनाउन थालिएको हो ।
यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ । खमे अर्थात् राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर ब्रह्मायणी पुर्याएर बध गर्ने परम्परा छ।
महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुनेहुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद्हरु बताउँछन्