arrow

दशैँमा काठमाडौँ सुनसान, घट्यो सडकमा मानिस र सवारीसाधनको चाप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
ktm-sunsan.jpg

काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमी (बडादशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै राजधानी काठमाडौँ सुनसान भएको छ। विशेषगरी आज (महानवमी) को दिनमा दशैँको टीकाको तयारी र भोलि टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने परम्पराका कारण पनि सडकहरू सुनसान बनेका हुन्।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौँका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा उपत्यका सुनसान भएको हो। सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा शान्त बनेका छन्।

सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्। यसले काठमाडौँमा पर्वको माहोलसँगै बिदाको शान्ति स्पष्ट देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ