arrow

निकुञ्जमा शुरू भयो जीप सफारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
chitwan nikunja.PNG

चितवन । चितवन राष्ट्रिय निकुञ्जले साेमबारदेखि निकुञ्जमा जिप सफारी शुरू गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका स-साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साेमदेखि जिप सफारीका लागि अनुमति दिइएको हो । गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरी जिप सफारी शुरू गरिएको हो ।

गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याइएको हो । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम शुरू गरेको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो ।

निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन भएका छन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्न लागेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ