दशैँमा अध्यागमन विभागको सेवा: विजयादशमीबाहेक अन्य दिन खुला रहने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
817
Shares
काठमाडौं। बडादशैँको सार्वजनिक बिदाको समयमा पनि अध्यागमन विभागले पर्यटक भिसा र एजेन्सी शाखालाई खुला राख्ने भएको छ।
विभागले असोज १६ गते (विजयादशमी) को दिन बाहेक अन्य दिनमा सेवा सञ्चालन गर्ने जनाएको छ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीका अनुसार, दशैँको सार्वजनिक बिदा अवधिभर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा र एजेन्सी शाखाबाट सेवा उपलब्ध हुनेछ।
यसले विदेशी पर्यटकहरूलाई बिदाको समयमा पनि भिसासम्बन्धी काम गर्न सहज हुनेछ।