एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
647
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ।
यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।