arrow

एनआईसी एशिया बैङ्कद्वारा रत्न नगर चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
nic-asia-bindeshwori-basic-school-,chitwan-june-2026.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्न नगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू सहयोग उपलब्ध गराएको छ।

सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरूलाई खाने बस्ने सुविधा सहित आवासीय सेवा समेत उपलब्ध गराइरहेको छ।

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ यस बैङ्कका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले उक्त विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई मिति २०८३ आषाढ १ गते एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका छन्।

कार्यक्रममा रत्न नगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष, आशिक तामाङ, उक्त विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरू र बैङ्कका तर्फबाट बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैङ्कले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ