एनआईसी एशिया बैङ्कद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
317
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरू सहयोग उपलब्ध गराएको छ। स्थानीय स्तरका बिरामी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैङ्कले स्वास्थ्य चौकीलाई ह्विलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरू उपलब्ध गराएको छ।
दैनिकरुपमा स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको यस स्वास्थ्य चौकीको लागि यस बैङ्कका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र उक्त स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रूपमा मिति २०८३ ज्येष्ठ २८ गते एक कार्यक्रमका बीच उक्त उपकरण तथा सामग्रीहरू हस्तान्तरण गरे। कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरू, बैङ्कका कर्मचारीहरू तथा स्थानीयहरूको उपस्थिति थियो।
बैङ्कले उपलब्ध गराएको उक्त सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीय स्तरमा स्वास्थ्य उपचार तथा सेवा लिइरहेका सेवाग्राहीलाई स्वास्थ्य सेवामा अझ सहज हुने बैङ्कले विश्वास लिएको छ।