arrow

एनआईसी एशिया बैङ्कद्वारा चाँगुनारायण, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
nic-asia-support-shree-saraswoti-secondary-school,-bhaktapur-june-2026.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ।

हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ १० गते एक कार्यक्रमका बीच यस बैङ्कका काठमाडौँ इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापकद्वय  निरा गिरी र गोविन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरू र बैङ्कका तर्फबाट बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैङ्कले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ