एनआईसी एशिया बैङ्कद्वारा देउपुर, पर्वतस्थित श्री जननेत्र माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
149
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउँपालिका, देउपुर, पर्वत जिल्लास्थित श्री जननेत्र माध्यमिक विद्यालयमा विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ।
हाल १९१ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ १२ गते एक कार्यक्रमका बीच यस बैङ्कका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र विद्यालयका प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा शैक्षिक सामग्रीहरू झोला, पेन्सिल, कपी, पेन लगायत र खेलकुद सामग्रीहरूका रूपमा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल, जेवलिन थ्रो लगायतका सामग्रीहरू हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरू र बैङ्कका तर्फबाट बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैङ्कले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै खेलकुद गतिविधिमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।