arrow

मन्त्री पुनको पहिलो निर्देशन: सेवा प्रवाहमा ढिलासुस्ती अन्त्य गर्नु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
mahabirs.jpg

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयअन्तर्गतका विभागहरूमा हुने सेवा प्रवाहको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन्।

सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले भने, "शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ती नगर्नुहोस्। शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु।"

मन्त्री पुनले आफूलाई बस्नका लागि क्वार्टर नचाहिने भन्दै मन्त्रालयमै सुत्नका लागि खाटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। यसबाहेक उनले आफूलाई सुरक्षा नचाहिने र सरकारी गाडीको प्रयोग औपचारिक काममा मात्र गर्ने बताएका छन्।

मन्त्रीमा नियुक्त हुनुअघि नै उनले राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ