माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
888
Shares
तस्बिर फाइल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले आफ्नो केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्तावमा छलफल भएको छ। यो कदम नेतृत्व हस्तान्तरण, विचार र प्रक्रियाका बारेमा प्रारम्भिक छलफलपछि चालिएको बताइएको छ।
प्रस्तावलाई अनुमोदन गर्नका लागि असोज ९ गते माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ। त्यसअघि असोज ८ गते स्थायी समितिको बैठक बस्ने भएको छ।