विशेष महाधिवेशनबाट नेतृत्व चयन गरी कांग्रेसलाई पुनर्जीवन दिन माग [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
4.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । देशको राजनीतिक लय परिवर्तनसँगै नेपाली कांग्रेसलाई पुनर्जीवन गर्न माग बढेको छ । विषम परिस्थितिमा कांग्रेसलाई समय सापेक्ष बनाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरी पार्टी पुनर्जीवन गर्नुपर्ने माग बढेको हो ।
नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले पनि सो माग गर्दै पार्टी नेतृत्वलाई पत्र लेखेको छ । उसले आजको यो विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयसापेक्ष बनाउन, युवा पुस्ताको भावनाको सम्बोधन गरी आगामी दिनमा अग्रणी पार्टीका रुपमा स्थापित गर्न तत्काल विशेष महाधिवेशन मार्फत पार्टीमा नयाँ नेतृत्व चयन गरी पार्टीको पुनर्जीवनका लागि पार्टी पुनर्गठन गर्न जोडदार माग गरेको हो ।
उसले विभिन्न पाँच ओटा बुँदा आफ्नो ध्यानाकर्षण पत्रमा समेटेको छ ।
यसअघि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले संस्थागत निर्णय गर्दै पार्टीलाई विशेष महाधिवेशन गरेर पुस्तान्तरण गरी अगाडि बढ्न सुझाव दिएको थियो । माधवप्रसाद चम्लागाईं नेतृत्व संघ कांग्रेस नेतृत्वलाई यो माग गर्ने पहिलो भ्रातृ संगठन हो ।