arrow

आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न नेता सिंहको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
prakashman-sing-05-07.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

जेन-जी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको चाक्सीबारीस्थित आफ्नो निजी निवासको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो माग गरेका हुन्। उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरूले 'राजनीतिक मन्दिर'का रूपमा लिने गरेको तर अहिले आगजनी र तोडफोड गरेर नष्ट गरिएकोमा चिन्ता व्यक्त गरे।

नेता सिंहले जेन-जीले इतिहास मेटाउन आन्दोलन नगरेको भन्दै, जेन-जीको आवरणमा आपराधिक मनसाय बोकेका व्यक्तिहरूले यस्तो क्रियाकलाप गरेको आरोप लगाए।

उनले विसं २०४६ को जनआन्दोलनमा चाक्सीबारीले खेलेको भूमिकाको स्मरण गर्दै अहिले त्यस ठाउँमा आगजनी गरिएकोमा दुःख व्यक्त गरे। उनले कृष्णप्रसाद भट्टराईको आश्रम, विराटनगरस्थित कोइराला निवास लगायत पुराना र इमान्दार कांग्रेसी नेताहरूको घरलाई निशाना बनाइएकोमा पनि आपत्ति जनाए।

उनले भने, "हामी विधिको शासनका लागि लडेका हौँ। विधिअनुसार आगजनी र तोडफोडको छानबिन हुनुपर्छ।" उनले आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, समयको मागअनुसार दलहरूलाई संस्थागत गरेर अघि बढ्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ